Information is intelligence
HomePoliticsवामदेवको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

वामदेवको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

- Advertisement -spot_img

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले न्यायाधीश आइसोलेशनमा हुँदा संवैधानिक इजलास गठन हुन सकेको थिएन। गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै गत असोज १२ मा रिट दायर गरेका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका  थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु