Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओली किमाथाङ्कामा,विभिन्न आयोजनाको अवलोकन गर्दै

प्रधानमन्त्री ओली किमाथाङ्कामा,विभिन्न आयोजनाको अवलोकन गर्दै

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा जिल्लाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का पुगेका छन् । बुधवार(आज) बिहान प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापा सहित सुरक्षा निकायका प्रमुख र केही उच्च सरकारी अधिकारी सहित त्यहाँ पुगेका हुन् ।

ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको  सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको सांसद् गौतमले जानकारी दिए ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु