Information is intelligence
HomeSportsनेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमै गएर हेर्न पाउने (टिकट मूल्य...

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल दर्शकले मैदानमै गएर हेर्न पाउने (टिकट मूल्य सहित)

- Advertisement -spot_img

२६ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना महामारिकाको दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने एकिन गरिएको छैन ।

यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।

दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२० : बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु