Information is intelligence
HomeSports१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी

१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी

- Advertisement -spot_img

एजेन्सी । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ ।

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने गरेका छन् । तर, १४ औं संस्करणमा टिम संख्या बढाउने तयारी गरिएको हिन्दुले जनाएको छ । यस्तै आगामी सिजनको लागि नयाँ अक्सन गराउने समेत बीसीसीआईले तयारी गरेको छ ।

‘क्रिकेट बोर्ड (बीसीसीआई) को तयारी आउने संस्करणमा ९ टिम खेलाउने छ,’ बीसीसीआई एक अधिकारीले भनेका छन्, ‘त्यसको लागि अक्सन वर्षको सुरुवातमा हुनेछ ।’ कोरोना महामारीको कारण १३ औं संकरणको आईपीएल युएईमा भएको थियो । तर, आगामी सिजन भने भारतमै आयोजना हुने बताईएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु