Information is intelligence
HomeInternationalभारतमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा कम

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा कम

- Advertisement -spot_img

भारतमा बुधबार सक्रिय कोरोना संक्रमितको संख्या पाँच लाखभन्दा कम छ । यो संख्या पछिल्लो तीन महिना यताकै सबैभन्दा कम हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत १०६ दिन यता सक्रिय संक्रमित पाँच लाखभन्दा कम भएको बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमित चार लाख ९४ हजार ६ सय ५७ जना छन् ।

‘संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमित हुनेको संख्यामा पनि कमी आएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार दुई सय ८१ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना संक्रमित भइसकेका छन् भने संक्रमणकै कारण एक लाख २७ हजार पाँच सय ७१ जनाको निधन भएको छ । रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु