Information is intelligence
HomeEconomyमाउण्टेन इनर्जीको आइपीओ आजदेखि खुल्यो, यस्तो छ कम्पनी विवरण

माउण्टेन इनर्जीको आइपीओ आजदेखि खुल्यो, यस्तो छ कम्पनी विवरण

- Advertisement -spot_img

काठमाडौं : माउण्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) आज कात्तिक २६ गतेबाट खुला भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्काशन गरेको हो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । तर पछिल्लो समय आइपीओमा अधिक आकर्षण देखिएको मंसिर २ मै सबै आवेदन परिसक्ने अनुमान गर्न सकिन्छ ।

यसले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन खुला भएको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो ।

यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको विवरणपत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु