Information is intelligence
HomePoliticsवामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बन्न बाटाे खुला

वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बन्न बाटाे खुला

- Advertisement -spot_img

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । योसँगै गौतमलाई  राष्ट्रिय सभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न बाटो खुलेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरूद्ध हालेको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्दियाबाट प्रतिनिधि सभामा पराजित वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गएको असोज १ गते मनोनित गरेकी थिइन। त्यसपछि गौतमविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

यस घटना सम्बन्धित पहिलेका कृया-प्रतिकृया

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु