Information is intelligence
HomeEconomyनेप्से सूचक १७ सय विन्दुमाथि

नेप्से सूचक १७ सय विन्दुमाथि

- Advertisement -spot_img

काठमाडौं | नेप्सेमा उत्साह बढ्दै जाँदा प्रतिमिनेट १ करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुन थालेको छ । १६८१.८३ विन्दुबाट खुल्ला भएको नेप्से आज २८ दशमलव ८९ अंक बढेर १७०७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज रु.  ४ अर्ब ९ करोड ९६ लाख बरारबको शेयर कारोबार भएको नेप्सले जनाएको छ । यस्तै, आज  १९५ ओटा कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयरको ३६ हजार ८९३ पटक कारोबार भएको छ ।

आज नेपाल दुरसञ्चारको सबैभन्दा बढीको कारोबार भएको छ । नेपाल टेलीकमको २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज व्यापारिक समुहका शेयरधनीहरुले बढी पैसा कमाएका छन् । आज व्यापारिक समुहको परिसुचक ९.९९ प्रतिशतले बढेको छ । जसअनुसार त्यस क्षेत्रका लगानीकर्ताले बढी पैसा कमाएको देखिन्छ । यस्तै, आज  बैंकिङको १.१५, होटलको २.५३, विकास बैंकको ०.४, जलविद्युतको ०.३, निर्जीवन बीमाको ४.०२, उत्पादन तथा प्रशोधनको ६.२१ र अन्यको ४.१२, लघुवित्तको ०.२६, जीवन बीमाको ०.०७ र  म्युचुअल फण्डको ४.९८ प्रतिशत परिसूचक बढेको नेप्सेको भनाइ छ ।
तर, आज वित्त समुहको परिसूचक भने ३३ प्रतिशतले घटेको छ । यस्तै, आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु