Information is intelligence
HomePoliticsरहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ: प्रधानमन्त्री ओली

रहरले प्रधानमन्त्री भएको होइन, राजीनामा दिन्‍नँ: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् ।

उनले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।

‘जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएको हो, कोही कसैले राजीनामा माग्नु व्यर्थ हो’, प्रम ओलीले भने। पछिल्लो समय पार्टी फुटको हल्ला चलाइएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि उनले आग्रह गरे। प्रधानमन्त्री ओलीले सरकार परिर्वतन नहुने पनि बताएका छन्। ‘जनताको विश्वासले आएको हो’, उनले थपे, ‘अहिले सरकार परिर्वतन हुँदैन, हल्लाको पछि नलाग्नू।’

उनले पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुटको हल्ला चलाइए पनि त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले अरुण तेश्रोको कामबाट आफू सन्तुष्ट रहेको बताए । उनले आज अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु