Information is intelligence
HomePoliticsअन्ततः ओलीले बोलाए नेकपा सचिवालय बैठक

अन्ततः ओलीले बोलाए नेकपा सचिवालय बैठक

- Advertisement -spot_img

काठमाडौ | प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अन्ततः सचिवालय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निबास बालुवाटारमा मध्यान्न ४ बजेका लागि बैठक बस्ने जानकारी महासचिब बिष्णु पौडेलले सचिवालय सदस्यहरुलाई जानकारी गराएका  छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहित नेताहरु माधबकुमार नेपाल , झलनाथ खनाल , बामदेब गौतम र नारायणकाजी श्रेष्ठले गएको २३ गते  शनिबार दुई पेज लामो पत्र बुझाउर्दै ४८ घण्टा भित्र बैठक बोलाउन माग गरेक थिए । उनिहरुले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाउन ओलीलाई लिखित आग्रह गरेका थिए।

अध्यक्ष  केपी ओलीले  निबेदनमा तोक लगाउदै बैठक सल्लाहका बैठक बोलाउन महासचिब पौडललाई निर्देशन दिएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु