Information is intelligence
HomeSportsअष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट टिमको घोषणा

अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट टिमको घोषणा

- Advertisement -spot_img

एजेन्सी । अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट क्रिकेट टिमको घोषणा गरेको छ । अष्ट्रेलिया क्रिकेटले बिहीबार टेस्ट सिरिजका लागि १७ सदस्सीय टिमको घोषणा गरेको हो ।

अष्ट्रेलियाले टिम पेनको कप्तानीमा टिमको घोषणा गरेको हो । टेस्ट टिममा युवा खेलाडी क्यामरुन ग्रीन र विल पोकोस्भीले स्थान बनाएका छन् । अष्ट्रेलियाले घरेलु भूमिमा भारतसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।

पहिलो टेस्ट डिसेम्बर १७ मा एडिलेटमा सुरु हुनेछ । त्यसअघि भारत र अष्ट्रेलियाबीच टी-ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु