Information is intelligence
HomeHealthराष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

- Advertisement -spot_img

काठमाण्डाै | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई कोरोना पाेजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु