Information is intelligence
HomeSportsमैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण

- Advertisement -spot_img

काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका एक नेपाली फुटबलरलाई कोरोना संक्रमण भएको छ । पछिल्लो पटक ढाकामा बुधबार गरिएको पीसीआर परीक्षणमा एक फुटबलरलाई कोरोना पोजेटिभ देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

बाँकी खेलाडीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । एन्फा स्रोतका अनुसार कोरोना पोजेटिभ देखिएका खेलाडी छुट्टै बसेका छन् र उनलाई लक्षण भने देखिएको छैन ।

नेपालले बंगलादेशसंग यही नोभेम्बर १३ र १७ मा मैत्रीपूर्ण खेल खेल्दैछ । कोरोना मैत्रीपूर्ण खेलका लागि २५ खेलाडी बंगलादेश गएका छन् । अब कोरोना पोजेटिभ देखिएको खेलाडीले भने मैत्रीपूर्ण खेल गुमाउनेछन् । पहिलो मैत्रीपूर्ण खेलको एक दिनअघि मात्रै उनको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि ढाका पुग्नेबित्तिकै पहिलो पटक गरिएको परीक्षणमा २५ खेलाडीसहित ११ अफिसियलको नेगेटिभ रिपोर्ट आएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु