Information is intelligence
HomePoliticsपुनः राजसंस्था स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली

पुनः राजसंस्था स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली

- Advertisement -spot_img

विराटनगर | राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै विराटनगरमा र्‍याली निकाली नारा लगाइएको छ । ‘राजा जनता एक हौं, राजा आउ देश बचाउ’ लगायतका नारासहित आज र्‍याली निकालिएको हो ।

र्‍यालीका क्रममा सहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’‘२ हजार ४७ को संबिधान लागू गर’ र ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय झण्डासँगै पूर्वराजा–रानी ज्ञानेन्द्र–कोमल शाहको तस्वीरअंकित टिसर्ट लगाएर विराटनगरको कञ्चनबारीबाट महेन्द्र चोकसम्म र्‍याली निकालिएको थियो ।

राजाले जनताको हितका लागि राजगद्दी छोडेका थिए । तर, आज सत्तामा पुगेकाले आफू देखे पनि जनतालाई देखेनन् ,भन्दै र्‍याली निकालिएको हो ।

राजनीतिक दलबाट जनता दिक्क भइसकेको हुदाँ राजतन्त्रको विकल्प नभएको भन्दै र्‍याली निकालिएको हो ।

२५ गते पनि राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै पर्साको वीरगञ्जमा ‘राजा आउँ देश बचाउँन’को नारा लगाइएको थियो ।

त्यस प्रदर्शनमा राजासहितको हिन्दू अधिराज्य स्थापना गर्नुपर्ने, अखण्ड नेपाल हुनुपर्ने, संघीय गणतन्त्र खारेज गर्नुपर्ने, लोकतन्त्र मुर्दाबाद, देश लुट्न पाइदैन, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतका नारा लगाइएको थियो । उक्त प्रदर्शन  वीरगञ्ज महानगरपालिकाको पावरहाउस, घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया गरिएको थियो ।

देशमा भ्रष्टाचार, अराजगता, हत्या, हिंसा, राजनीतिक अस्थिरता बढ्दै गइरहेको भन्दै यसको नियन्त्रणको लागि पुनः राजसंस्था स्थापना गर्नुपर्ने माग राख्दै वीरगञ्जमा दुई दिनदेखि लगातार ‘राजा आउँ देश बचाउँन’को नारा  गुञ्जिन थालेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु