Information is intelligence
HomePoliticsविप्लवसहित २१ दलीय गठबन्धनले सरकारविरुद्ध प्रदर्शन गर्ने

विप्लवसहित २१ दलीय गठबन्धनले सरकारविरुद्ध प्रदर्शन गर्ने

- Advertisement -spot_img

काठमान्डौ | विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते  सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सत्ता बाहिर रहेका २१ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)  सहित भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क  उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था लगायतका माग गर्दै विरोध प्रदर्शन गर्ने भएका हुन् ।

गठबन्धनले  उखु किसानको बक्यौतालाई लिएर पनि विरोध प्रदर्शन गर्ने भएका छन्।

यी  विषयलाई लिएर गठबन्धनले  सातै प्रदेशका एक÷एक ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु