Information is intelligence
HomeSportsभारतीय क्रीकेट टिम अष्ट्रेलियामा, शनिबारबाटै प्रशिक्षण सुरु गर्ने

भारतीय क्रीकेट टिम अष्ट्रेलियामा, शनिबारबाटै प्रशिक्षण सुरु गर्ने

- Advertisement -spot_img

एजेन्सी । घरेलु टिमसँगको सिरिजका लागि भारतीय क्रिकेट टिम अष्ट्रेलिया पुगेका छन् ।

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टिम दुबईबाट सिड्नी पुगेका हुन् । अष्ट्रेलिया पुगेको भारतीय टिम सिड्नीमा १४ दिनको क्वारेन्टिनमा बस्ने छन् । तर, भारतीय टिमले प्रशिक्षण भने शनिबारबाटै सुरु गर्ने भएको छ ।

अष्ट्रेलिया सरकारले बनाएको कोरोना सम्बन्धि स्वास्थ्य प्रोटोकलको पालना गर्दै भारतले तयारी सुरु गर्ने भएको हो । अष्ट्रेलिया भ्रमण दौरान भारतले घरेलु टिमसँग ३ टी-ट्वान्टी, ३ एकदिवसीय र ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।

अष्ट्रेलिया गएको भारतीय टिममा रोहित शर्मा र इशान्त शर्मा सामेल छैनन् । दुबै खेलाडी केही समयपछि अष्ट्रेलिया जानेछन् । दुबै खेलाडी टेस्ट टिममा मात्र रहेका छन् । अष्ट्रेलिया र भारतबीचको एकदिवसीय र टी-ट्वान्टी सिरिज २७ नोभेम्बर देखी ८ डिसेम्बरसम्म चल्नेछ ।

टेस्ट सिरिज भने १७ डिसेम्बरबाट सुरु हुनेछ । तर, कप्तान विराट कोहलीले पहिलो टेस्ट मात्र खेल्ने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु