Information is intelligence
HomePoliticsनेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसीर ३ गते

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक मंसीर ३ गते

- Advertisement -spot_img

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक करिब ४० मिनेट बसेको थियो।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को आगामी सचिवालय बैठक मंसीर ३ गते फेरि बस्ने भएको छ।

आजको बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँचजना सचिवालय सदस्यले यसअघि अनौपचारिक सचिवालय बैठकका लागि सहमत हुन अनुरोधसहित अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलालघ बुझाएको पत्रको बारेमा छलफल भएको छ।

यस्तै उक्त पत्रको जवाफ दिँदै अर्का अध्‍यक्ष ओलीले प्रचण्डसहित पाँचजना सदस्‍यलाई बोधार्थसहित लेखेको पत्र र त्यसको जवाफ दिँदै प्रचण्डले ओलीलाई लखेको पत्रका बारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजीले श्रेष्ठले बताए।

यसका साथै बैठकले पार्टीमा हालसम्‍म देखिएका समस्या समाधानका लागि कार्यसूची बनाएर छलफल अघि बढाउने निर्णय समेत गरेको छ। उक्त कार्यसूचीमा राजदूत नियुक्ति, मन्त्रिपरिषद्‌ पुर्नगठन, कर्णाली विवाद, भारतीय जाजुसी संस्था ‘रअ’ प्रमुख सामान्त कुमार गोयलको नेपाल आगमन, पर्सा घटना र कोरोना महामारी लगायतका विषयहरु पर्ने छन्।

सचिवालय बैठक सकिएपछि प्रचण्ड, प्रवक्ता श्रेष्ठ र झलनाथ खनाल बालुवाटारबाट निस्किएका छन्। अरु नेताभने अझै बालुवाटारमा नै रहेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु