Information is intelligence
HomePoliticsनेकपामा पत्र युद्ध, प्रचण्डले पनि ओलीलाई दिए लिखित जवाफ

नेकपामा पत्र युद्ध, प्रचण्डले पनि ओलीलाई दिए लिखित जवाफ

- Advertisement -spot_img

लामो विवाद र बहसपछि शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर ३ गते पुनः बस्नेगरी सकिएको छ।

बैकठमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पठाएको पत्रको जवाफ लिखित रुपमै बुझाएपछि विवाद झनै चर्किएको हो।

आजको बैठक त्यही पत्रकको बारेमा केन्द्रित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार आज अध्‍यक्ष प्रचण्डले ओलीले पठाएको पत्रको जवाफ दिने क्रममा आफ्नो तर्फबाट लिखित पत्र बुझाएको जानकारी दिए।

उनका अनुसार प्रचण्डले ओलीलाई बुझाएको पत्रमा के-कस्तो उल्लेख छ भन्‍नेबारे आफूले अध्ययन गर्न नपाएको बताए।

विवाद चर्किएदै गएपछि यही शनिबार प्रचण्डसहित ओलीसँग असन्तुष्ट भएका पाँचजना सचिवालय सदस्यले छुट्टै नेकपाको औपचारिक सचिवालय बैठक डाक्न सहमत हुन अनुरोध गर्दै ओलीलाई लखित पत्र बुझाएका थिए।

उक्त पत्रमा नेकपा संकटमा पर्नुका मुख्य कारण ओली नै रहेको भन्‍दै ओलीलाई सम्पूर्ण रुपमा दोषी ठहर्‍याइएको थियो। त्यसपछि ओलीले बदलामा प्रचण्डलाई सम्बोधन गर्दै र अन्‍य चारजना सचिवालय सदस्यलाई बोधार्थ लेखेर पत्र पठाएका थिए। उक्त पत्रमा आफूले राम्रो काम गर्दागर्दै पनि आफूविरुद्ध गुटबन्दी गरेर घेराबन्दी गरेको आरोप ओलीले प्रचण्डसहित चारजनालाई लगाएका थिए।

यसपछि प्रचण्डले पुन: ओलीलाई लिखित जवाफ पठाएका थिए। सोही पत्र आजको सचिवाल बैठकमा वितरण गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु