Information is intelligence
HomeNewsजनकपुरमा घरमै बसिरहेकी महिलामाथि एसिड प्रहार

जनकपुरमा घरमै बसिरहेकी महिलामाथि एसिड प्रहार

- Advertisement -spot_img

जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ।

जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एक युवकले एसिड प्रहार गरेका हुन्।

उनलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनकाे मुहार  र छातीको भाग एसिड प्रहारका कारण जलेको छ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन्। धनुषा प्रहरीले एसिड प्रहार गर्नेको खोजी गरिरहेको जनाएको छ।

घटना विषयमा थप विवरण आउन बाँकी छ। नेपालखबर

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु