Information is intelligence
HomeSportsविश्वकप छनोटमा उरुग्वे, चिली र ब्राजिलको जित

विश्वकप छनोटमा उरुग्वे, चिली र ब्राजिलको जित

- Advertisement -spot_img

विश्वकप छनोटमा उरुग्वे, चिली र ब्राजिलको जित भएको छ ।

फिफा विश्वकप फुटबलको छनोटमा उरुग्वेले कोलम्बियालाई पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार राति भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै उरुग्वे चौंथो स्थानमा उक्लिएको छ । उरुग्वेले ३ खेलमा ६ अंक जोडेको छ । कोलम्बिया ३ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

अर्को खेलमा चिलीले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा चिलीले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा अर्टुरो भिडाल नायक बने । चिलीको जितमा दुबै गोल उनले गरे ।

चिलीले ३ खेलमा ४ अंक जोडेको छ । चिली छैटौं स्थानमा रहेको छ । पेरु १ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यता ब्राजिलले साँघुरो जित निकालेको छ । ब्राजिलले भेनेजुएलालाई १-० गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।

ब्राजिलले ३ खेलमा ९ अंक जोडेको छ । छनोटमा ब्राजिल अपराजित रहेको छ । भेनेजुएलाको यो दोस्रो हार हो । नवौं स्थानमा रहेको भेनेजुएलाले ३ खेलमा १ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु