Information is intelligence
HomeNewsश्रीमान द्वारा श्रीमती र छोरीमाथि एसिड प्रहार

श्रीमान द्वारा श्रीमती र छोरीमाथि एसिड प्रहार

- Advertisement -spot_img

जनकपुर- जनकपुरधाम-७ पेठियामा एक युवाले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन् ।

एसिड प्रहारबाट २१ वर्षीया आरती साह र ४ वर्षीया छोरी रिया घाइते भएका छन् । आरतीलाई लक्ष्य गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको छ ।

छुट्टै बसेका श्रीमती र छोरीलाई डेरामा पुगेर सञ्जीव साहले शनिबार एसिड प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा रहेकी आरतीको जनकपुरमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लगिएको छ ।

उपचारमा संलग्न चिकित्सक डा आदित्य यादवका अनुसार आरतीको शरीरको २५ प्रतिशत भाग जलेको छ । अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको उनले जानकारी दिए ।

छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु