Information is intelligence
HomeSportsजर्मनीको सहज जित, रामोसले दुई पेनाल्टी खेर फाल्दा स्पेन बराबरीमा

जर्मनीको सहज जित, रामोसले दुई पेनाल्टी खेर फाल्दा स्पेन बराबरीमा

- Advertisement -spot_img

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीको सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा स्पेन स्विट्जरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

कप्तान सर्जियो रामोसले बिर्सनलायक प्रदर्शन गर्दै दुई पेनाल्टी खेर फालेपछि स्पेन रोकिएको हो । बराबरीसँगै लिग ‘ए’ समूह ४ मा स्पेनले ५ खेलमा ८ अंक जोडेको छ ।

स्पेन समूहको दोस्रो स्थानमा रहेको छ । स्पेनको अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।स्विट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा रहेको छ ।

यता जर्मनीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । लोरी सानेको नाममा एक गोल रह्यो । युक्रेनका रोमन यारिमचुकले एक गोल फर्काए ।

जितसँगै जर्मनीले नेसन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिग ‘ए’ समूह ४ को शीर्ष स्थानमा रहेको जर्मनीले ५ खेलमा ९ अंक जोडेको छ ।

जर्मनीले अब समूह चरणको अन्तिम खेलमा स्पेनसँग खेल्नेछ । युक्रेन ६ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु