Information is intelligence
HomeNewsराँगाले हान्दा एक जनाको मृत्यु

राँगाले हान्दा एक जनाको मृत्यु

- Advertisement -spot_img

डोटी | जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो ।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु