Information is intelligence
HomeSportsनेसन्स लिगमा बेल्जियम, इटाली र नेदरल्यान्ड्सको जित

नेसन्स लिगमा बेल्जियम, इटाली र नेदरल्यान्ड्सको जित

- Advertisement -spot_img

यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इंग्ल्यान्डलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बेल्जियमलाई जित दिलाउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक एक गोल गरे । जितसँगै लिग ‘ए’ समूह २ को बेल्जियमले ४ खेलमा १२ अंक जोडेको छ ।

बेल्जियमसँग पराजित भएपछि इंग्ल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ ।इंग्ल्यान्ड ५ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा डेनमार्कले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।डेनमार्क १० अंक जोडेर दोस्रो र आइसल्याण्ड अंक विहीन रहदै पुछारमा रहेको छ ।

आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सिमित पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एक एक गोल गरे ।

जितसँगै लिग ‘ए’ समूह १ को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक जोडेको छ । ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनालाई ३-१ ले हराएको छ । नेदरल्यान्ड्सको जितमा जर्जिनियो विज्नाल्डमले दुई गोल गरे । मेम्फिस डिपेको नाममा एक गोल रह्यो । बोस्नियाका स्माइल प्रिभीएलजाकले एक गोल फर्काए ।

जितसँगै ८ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु