Information is intelligence
HomeInternationalहङकङकोमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

हङकङकोमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

- Advertisement -spot_img

हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

आइतबार राति ८ बजेतिर लागेको आगोमा चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु