Information is intelligence
HomePoliticsप्रचण्डलाई फकाउन ओलीको दूतको रुपमा महासचिव पौडेल खुमलटार जाँदै

प्रचण्डलाई फकाउन ओलीको दूतको रुपमा महासचिव पौडेल खुमलटार जाँदै

- Advertisement -spot_img

काठमाडौँ | विवाद उत्कर्षमा पुगेपछि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) महासचिव विष्णु पौडेल सोमबार साँझपख पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन खुमलटार जाने भएका छन्।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा पौडेल सोमबार साँझतिर खुमलटार जान लागेको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ । ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

शुक्रबारबाट सुरु भएको पार्टीको सचिवलाय बैठकमा बहुमत सदस्यको समर्थन पाएका प्रचण्डले ओलीलाई पेल्दै १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि ओली त्यसलाई पन्छाउन प्रयासरत रहेका छन् । यसको लागि उनले प्रचण्डसँग सहकार्यमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमलाई समेत भेटेर सहयोग गर्नको लागि आग्रह गरिसकेका छन् ।

तर, उनीहरुले गल्ती प्रचण्डमा नभई ओलीमा रहेको कारणले गर्दा सच्चिनुपर्ने जवाफ दिए पनि ओलीले कम्तीमा एक नेतालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको बुझिएको छ । यसैबीचमा महासचिव पौडेललाई ओलीले खुमलटार पठाउन लागेका हुन् । नेपाल र गौतमसँग ‘लेनदेन’को सहमति गर्न लागेका ओलीको प्रयास असफल भएपछि पुनः प्रचण्डलाई नै मनाउने प्रयासमा ओली रहेको बुझिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु