Information is intelligence
HomeNewsप्रदेश नं २ सरकारबाट सार्वजनिक यातायात सेवाको बस सञ्चालन तयारी

प्रदेश नं २ सरकारबाट सार्वजनिक यातायात सेवाको बस सञ्चालन तयारी

- Advertisement -spot_img

धनुषा | प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ ।

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए ।

प्रतिबस रु  ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई,  जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु