Information is intelligence
HomeSportsविश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाको जित हुँदा कोलम्बिया र चिली पराजित

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाको जित हुँदा कोलम्बिया र चिली पराजित

- Advertisement -spot_img

फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेलाई र अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  उरुग्वेको मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।

छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ ले पराजित गरेको छ । चिली भेनेजुएलासँग २-१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २-२ गोलको बराबरी खेलेको छ ।

अर्को खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे । जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोडेको छ । अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाको यो छनोटमा तेस्रो जित हो ।

पेरु १ अंक जोडेर नवौं स्थानमा रहेको छ । पेरुको यो तेस्रो हार हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु