Information is intelligence
HomePoliticsदेश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं: भीम रावल

देश र जनतालाई धोका दिने कुकर्ममा कोही नलागौं: भीम रावल

- Advertisement -spot_img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन् । उनले पार्टी फुटाएर देश र जनतालाई धोका नदिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्‍जालमार्फत सो कुरा भनेका हुन् । रावलले ट्वीट गरेका छन्- ‘फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले पार्टीभित्रको विवाद नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालनाबाट मात्रै हुने बताएका हुन् । नेता रावलले बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु