Information is intelligence
HomePoliticsराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक र मन्त्रिपरिषद् बैठक बस्नुअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।

हिजो मात्रै राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी थिइन् । उनले  प्रचण्डलाई सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन्। बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा रहेपछि ओलीले मन्त्रिपरिषद् बैठक आजका लागि बोलाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु