Information is intelligence
HomeEconomyकफीको नयाँ मूल्य निधारण

कफीको नयाँ मूल्य निधारण

- Advertisement -spot_img

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको नयाँ मूल्य निधारण गरेको छ । बोर्डले १ मंसिर ०७७ देखि लागू हुने गरी उत्पादनमा लाग्ने लागतमा २२ प्रतिशत मुनाफा राखेर नयाँ मूल्य समायोजन भएको हो ।

बोर्ड पोखराका क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार बोर्डले प्रत्येक वर्ष मंसिर १ गतेदेखि लागू हुनेगरी कफीको नयाँ मूल्य निधारण गर्ने गरेको छ ।

सार्वजनिक गरेको मूल्यअनुसार फ्रेस चेरी प्रतिकेजी ए ग्रेडको ९० रुपैयाँ र बी ग्रेडको ८५ रुपैयाँ कायम गरिएको छ । ए ग्रेडको कफीमा प्रतिकेजी पाँच रुपैयाँ वृद्धि गरिएको हो । जुन प्रांगारिक पद्धतिबाट उत्पादन गरिएको, ठिक्क पाकेको पानीमा राख्दा डुब्ने र केलाएर राखिएको हुनुपर्ने पुरीले जानकारी दिए ।

चिसो प्रशाेधन विधिअन्तर्गत तयार गरिएको ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट कफी ग्रेड एको चार सय ५० (गत वर्षभन्दा प्रतिकेजीमा २५ रुपैयाँ बढेको), ग्रेड बी को  तीन सय ९७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै चिसो प्रशाेधन विधिबाट १२ देखि २४ घन्टाभित्र प्रशाेधन गर्न नसकिएको कफी चेरीलाई घाम वा अन्य माध्यमबाट सुकाएर ११ प्रतिशत चिस्यान भएको ड्राई चेरी ग्रेड एको एक सय ४८, ग्रेड बीको ९५ रुपैयाँ प्रतिकेजी मूल्य कायम गरिएको छ ।

बोर्डले न्यूनतम मूल्य कायम गरे पनि कृषकले भने स्थान विशेषअनुसार ताजा फलको प्रतिकेजी एक सयभन्दा बढी र पार्चमेन्टको प्रतिकेजी पाँच सयभन्दा बढी मूल्य पाउँदै आएका पुरीले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु