Information is intelligence
HomeSportsनेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो

नेपालको एकदिवसीय मान्यता एक वर्ष लम्बियो

- Advertisement -spot_img

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता एक वर्ष लम्बाएको छ । नेपालको एकदिवसीय मान्यता एक लम्बाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी गराए । अध्यक्ष चन्दले २०२३ सम्म नेपाल एकदिवसीय मान्यता प्राप्त टोली नै रहने जनाएका छन् ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

यसअघि चार बर्षको प्रदर्शन आधारमा आइसिसीले मान्यता थप गर्ने वा नगर्ने भन्ने थियो ।

एकदिवसीय मान्यता प्राप्त गरेको बर्षमै नेपालले नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेको थियो । नेपालले अहिलेसम्म एकदिवसीय खेलमा पाँच जित र पाँच हार सामना गरेको छ ।

विश्वकप छनोट अन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग-२ समेत कोरोनाको कारण स्थगित अवस्थामा रहेको छ । लिगमा नेपालले ४ खेल खेलेको छ जसमा २ जित र २ हार व्यहोरेको थियो ।

लिग अन्तर्गत नै सन् २०२० को सुरुवातमा नेपालले पहिलो पटक घरेलु मैदानमा अमेरिका र ओमानको आतित्यथा गर्दै त्रिवि मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु