Information is intelligence
HomePoliticsओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई

ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई

- Advertisement -spot_img

काठमाडौं | जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ओलीलाई हटाउनैपर्ने बताएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको मनमुटावका कारण पार्टी फूटको संघारमा पुगेको टिकाटिप्पणी भइरहेको छ । भट्टराईले सामाजिक सञ्जालमा एक ट्वीट गर्दै ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने बताएका हुन् ।

आज अध्यक्ष भट्टराईले नेकपाको झगडामा जनताले प्रश्न उठाउनुपर्ने उल्लेख गर्दै यसमा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका छन्।

उनले ट्वीटमा भनेका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन। २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु