Information is intelligence
HomeNewsअस्पताल र ‘ल्याब’ले कोरोनाको नक्कली रिपोर्ट दिइरहेको खुलासा

अस्पताल र ‘ल्याब’ले कोरोनाको नक्कली रिपोर्ट दिइरहेको खुलासा

- Advertisement -spot_img

काठमाडौंका विभिन्न अस्पताल तथा प्रयोगशालाले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिइरहेको खुलासा भएको छ।

यस विषयमा कारबाही अघि बढाउन भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि रहस्य खुलेको हो।

विमान चढ्ने बेला काठमाडौंबाट कोरोना नेगेटिभ पीसीआर रिपोर्ट लिएर गएका यात्रु हङकङ र यूएईमा पुगेपछि पुनः परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको भन्दै मन्त्रालयले त्यस्ता रिपोर्ट दिने अस्पताल तथा ल्याबलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

नक्कली रिपोर्टका कारण नेपालबाट हङकङ, यूएई लगाएत केहि देशमा  उड्ने उडानहरु रोकिएका छन् । नेपालमा नेगेटिभ पीसीआर रिपोर्ट आएकाहरुको पूर्ण टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आए पछि उडान रोकिएको हो भने यस विषयमा थप आनुसंधान भइरहेको छ ।

पत्र:

तर पत्रमा भन्ने अस्पताल र ल्याबको नामहरु भने खुलाइएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु