Information is intelligence
HomeSportsलिभरपुलका फरवार्ड सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

लिभरपुलका फरवार्ड सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

- Advertisement -spot_img

एजेन्सी । कोरोना भाईरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ ।

इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ ।

दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल गुमाउने भएका छन् । लिभरपुलले आइतबार लेष्टरसँग खेल्दैछ ।

यस्तै आगामी हप्ता हुने च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको खेल समेत गुमाउने छन् । त्यस्तै एसोसियसनले मिडफिल्डर मोहमद एल्नेनीको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु