Information is intelligence
HomeEntertainment & Artsप्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

- Advertisement -spot_img

प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ। बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् ।

उनले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन् ।

‘आदिपुरुष’ पौराणिक ग्रन्थ रामायणमा आधारित रहेको छ। फिल्ममा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सैफ देखा पर्दैछन् ।

ओम राउतको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण भूषण कुमारले गर्दैछन्। यो फिल्मको बजेट ३५० देखि ४ सय करोडका बीचमा हुने निर्माण पक्षले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म हिन्दीसहित तामिल, तेलगू, कन्नड र मलयालम भाषामा पनि रिलिज हुने बताइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु