Information is intelligence
HomeEconomyछठ लगत्तै आइपिओ जारी गर्दै तीन कम्पनी

छठ लगत्तै आइपिओ जारी गर्दै तीन कम्पनी

- Advertisement -spot_img

याे वर्ष आइपिओ जारी गर्ने हाेडबाजी नै चलेकाे छ । नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिएर स्वीकृति पाइसकेका केही कम्पनीहरूले आइपिओ जारी गरीसकेका छन् भने केही कम्पनी  जारी गर्ने तयारीमा छन् । हालैमात्र माउन्टेन इनर्जी र युनाइटेड इदि मार्दी हाइड्राेले आइपिओ जारी गरेका छन् भने अब छठ लगत्तै तीन वटा कम्पनीकाे आइपिओ निष्कासन हुने भएकाे छ ।

यो पनि : परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?

मध्य भाेटेकाेशी हाइड्राेपावर , चन्द्रागिरि हिल्स र प्रभु इन्स्याेरेन्स कम्पनीकाे आइपिओ छठ लगत्तै बजारमा आउन लागेकाे हाे । मध्य भाेटेकाेशीकाे १ कराेड ५० लाख कित्ता , चन्द्रागिरि हिल्सकाे १८ लाख ४० हजार कित्ता र प्रभु इन्स्याेरेन्सकाे ६० लाख कित्ता आइपिओ निष्कासन हुने भएकाे नेपाल धिताेपत्र बाेर्डले जानकारी गराएकाे छ ।

यो पनि : परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?

त्यस्तै निकट भविष्यमै डिस हाेमकाे २३ लाख ८५ हजार कित्ताका लागि प्रक्रिया अधि बढाइएकाे छ । त्यस्तै अन्य १३ वटा कम्पनीकाे आइपिओ याे वर्ष जारी हुने भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु