Information is intelligence
HomeNewsहिमाल र मैदान पारीको सकृयता नेकपाको शरीरमा फीट नहुने औषधी होः याेगेश...

हिमाल र मैदान पारीको सकृयता नेकपाको शरीरमा फीट नहुने औषधी होः याेगेश भट्टराई

- Advertisement -spot_img

पर्यटनमन्त्री याेगेश भट्टराईले हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी भएकाे बताएका छन्  । नेकपामा चुलिँदाे विवादका बीच एकता जाेगाइराख्नका लागि दुवै पक्षले महत्वपूर्ण कदम चाल्नुपर्ने भन्दै उनले बाह्य हस्तक्षेप बन्द हुनुपर्ने बताएका छन् ।

उनले नेकपा नेपालकाे माटाे सुहाउँदाे भएकाे र यसमा बाह्य मल तथा विउ विजन प्रयाेग नगरिएकाे भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नाे धारणा व्यक्त गरेका छन् । उनले भनेका छन् –  “नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।  ” घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन ।”

उनले अघि भनेका छन्  “यो सत्यहो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा पानी कि पेट्रोल ? पेट्रोलले उर्जा पानीले उर्जा र जीवन नेपालमा पानीका मुहान सुकेका छैनन् !”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु