Information is intelligence
HomeEconomy४ वर्ष यताकै उच्च बिन्दुमा नेप्से

४ वर्ष यताकै उच्च बिन्दुमा नेप्से

- Advertisement -spot_img

सेयर बजारले क्रमशः नयाँ उचाई लिंदै गएको छ । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३६ अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७४१.८ बिन्दुको सुरु भएको कारोबार ३६.३२ विन्दुले वृद्धि भई  १७७८.१२ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक भने ४.९८ अंकले बढेर  ३४३.०७ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमुह उकालो लागेको छन ।

यस्तै आज कारोबारमा आएका कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ बराबरको  कारोबार भएको छ ।

बजारमा सबैभन्दा महँगो युनिलिभरको १४४० कित्ता कारोबार भएको छ। युनिलिभरको मात्रै २ करोड ८६ लाख कित्ता कारोबार भयो। त्यस्तै पछिल्लो समय उछाल आएका साल्ट ट्रेडिङ, विशाल बजार, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल जस्ता कम्पनीका कारण कारोबार रकम बढी भएको हो। अधिकतम कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।

नेपाल पुनर्बीमाको मात्रै ४१ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। थोरै सेयर पुँजी भएका तथा वित्तीय अनुशासन पालना नगर्ने कम्पनीको मूल्यमा उछाल आउदा दोस्रो बजार सुधार भैरहेको छ। सबैभन्दा राम्रा कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स घट्दा पनि यस्ता कम्पनीका कारण समग्र सेयर बजार सुधार भैरहेको छ। यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।

बिहीबार नेप्से सूचक २.०८ प्रतिशतले बढेको छ। सूचक सुधार भएर  १७७८.१३ अंकमा पुगेर रोकिएको छ। चार वर्ष अगाडि नेप्से सूचक १७६८ अंक थियो। त्यसयता तीन वर्षसम्म सेयर बजार लगातार ओरालो झरेको थियो। ‍विगत एक एक वर्षदेखि भने सेयर बजार लगातार बढिरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु