Information is intelligence
HomeInternationalभारतको उत्तरप्रदेशमा जन्ती लिएर फर्किएको सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु

भारतको उत्तरप्रदेशमा जन्ती लिएर फर्किएको सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु

- Advertisement -spot_img

एजेन्सी | भारतको उत्तरप्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको उक्त सवारी दुर्घटनामा ६ जना बालबालिकासहित १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ । यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय