Information is intelligence
HomeSportsमहिला ट्वान्टी ट्वान्टी विश्वकप सर्यो : सन् २०२३ को फेब्रुअरीमा हुने

महिला ट्वान्टी ट्वान्टी विश्वकप सर्यो : सन् २०२३ को फेब्रुअरीमा हुने

- Advertisement -spot_img

आईसीसी महिला क्रिकेट विश्वकप एक वर्षका लागि स्थगित भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बोर्ड बैठकबाट २०२२ मा आयोजना हुन लागेको विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो।

एक वर्ष धकेलिएको प्रतियोगिता २०२३ फेब्रुअरी ९ देखि २६ सम्म आयोजना गर्ने नयाँ मिति तोकिएको छ। प्रतियोगिता दक्षिण अफ्रिकामा हुनेछ।

यो वर्षको फेब्रुअरीमा सम्पन्न विश्वकपमा अष्ट्रेलिया विजयी भएको थियो। उसले यो वर्ष पाँचौ पटक विश्वकप जितेको हो।

अष्ट्रेलियामै आयोजित प्रतियोगिताको फाइनलमा उसले भारतलाई हाराएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु