Information is intelligence
HomeHealthघरमै कोरोना टेस्ट गर्न मिल्ने किट आउँदै, पायो युएसएफडीए अनुमती

घरमै कोरोना टेस्ट गर्न मिल्ने किट आउँदै, पायो युएसएफडीए अनुमती

- Advertisement -spot_img

युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (युएसएफडीए/USFDA) ले मंगलबार भने कि उनिहरुले यस पहिलो आत्म-कोविड टेस्ट किटलाई अनुमोदन गरेका छन्। यस किटको माध्यमबाट घरमा नै कोरोना परीक्षण गर्न सकिन्छ। मात्र ३० मिनेटमा यसले परिणाम दिन्छ।

लुसिरा हेल्थद्वारा सिर्जना\निर्माण

युएसएफडीएले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो एकल प्रयोग परीक्षण किट लुसिरी हेल्थले निर्माण गरेको हो। यो आपतकालमा प्रयोग गर्न सकिन्छ। यस किटको माध्यमबाट, तपाईं नाकबाट एक स्वाब नमूना लिएर आफैलाई परीक्षण गर्न सक्नुहुन्छ। युएसएफडीएका अनुसार, १४ बर्ष वा माथि उमेरका मानिसहरूले यो किटको प्रयोग गरेर कोरोना परीक्षण गर्न सक्दछन्।

घरमा कोभीडको परिणाम दिने यो पहिलो किट

युएसएफडीएका कमिश्नर स्टीफन हानले भने कि घर गएर कोभिड-१९ परीक्षणको नमूना लिन अझै अनुमति छ, जसको नतीजा पछि आउथ्यो । यो पहिलो यस्तो किट हो जुन आफैँ प्रयोग गर्न सकिन्छ र यसले घरमा नै परिणाम दिन्छ। युएसएफडीएका अनुसार किट अस्पतालहरुमा पनि प्रयोग गर्न सकिन्छ तर १४ बर्ष भन्दा कम उमेरकालाई नमूना स्वास्थ्यकर्मीले मात्र लिनसक्दछन् ।

अमेरिकामा कोरोना भ्याक्सिन अर्को वर्षको जुलाईमा मात्र सबैजनाले प्राप्त गर्नेछन्

अमेरिकाले आफ्नो सबै नागरिकका लागि खोप योजनामा ​​काम अघि बढाएको छ। यो अभियान अर्को महिनाबाट सुरु हुनेछ र डिसेम्बरको अन्त्यसम्ममा करिब दुई करोड व्यक्ति खोप लिन सक्ने आशा गरिन्छ। अप्रिलमा ७० करोड औषधि खोप तयार हुनेछ। यस अर्थमा अमेरिकाका सबै नागरिकलाई खोप दिने काम अप्रिल र जुलाई बीचमा सम्पन्न हुनेछ। मोदेर्न र फाइजरद्वारा तैयार यो खोप एक व्यक्तिले दुई डोज लिन पर्छ।

युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (युएसएफडीए/USFDA) के हो ?

युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (युएसएफडीए) त्यहाँको डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेससँग आबद्ध छ । यसले पब्लिक हेल्थ र फुड सप्लाइलाई नियमन गर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु