Information is intelligence
HomeNews१ हजार ९ सय ४५ जना कोरोना संक्रमित थप ,५ हजार ३...

१ हजार ९ सय ४५ जना कोरोना संक्रमित थप ,५ हजार ३ सय ६४ जना संक्रमणमुक्त

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन्। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु