Information is intelligence
HomePoliticsचिनियाँ रक्षा मन्त्री अर्को साता काठमाडौं आउने

चिनियाँ रक्षा मन्त्री अर्को साता काठमाडौं आउने

- Advertisement -spot_img

उत्तरी छिमेकी चीनका रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने भएका छन्।

उच्च सरकारी स्रोतका अनुसार जनरल फेङहेको अर्को साता हुने नेपाल भ्रमणको अहिले तयारी चलिरहेको छ।

उनी काठमाडौं आइपुग्ने दिनको भने अझै टुंगो लागिसकेको छैन। नेपालमा रहँदा रक्षा मन्त्री फेङहेले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन्। उनी अरू कुन-कुन कार्यक्रममा सहभागी हुन्छन् भन्ने टुंगिन बाँकी छ।

नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे कुनै औपचारिक जानकारी दिएका छैनन्।

नेपालको दक्षिण छिमेकी भारतसँग सम्बन्ध चिसिएको बेला  फेङहे काठमाडौं उत्रिने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए। त्यसपछि चीनबाट नेपालमा उच्चस्तरको राजनीतिक भ्रमण भएको थिएन।

चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सका कमाण्डर रहेका फेङहे सन् २०१८ मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए।

तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेलले गत वर्ष चीनको वुहानमा भएको विश्व सैन्य खेलकुदका क्रममा फेङहेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। त्यतिबेला फेङहेले उपयुक्त समयमा नेपाल आउने बताएका थिए।

नेपाल फर्किएपछि  मन्त्री पोखरेलले उनलाई भ्रमणको औपचारिक निम्तो पत्र नै पठाएका थिए।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय