Information is intelligence
HomeSportsसाविक विजेता बायर्न म्युनिख बराबरीमा रोकियो

साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकियो

- Advertisement -spot_img

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बायर्न घरेलु मैदानमा भेरडाआ ब्रेमेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा किंग्सले कोम्यानले दोस्रो हाफमा गोल गरेपछि बायर्नले बराबरी खेलेको हो ।

घरेलु मैदानमा बराबरीमा रोकिएपनि बायर्न शीर्ष स्थानमा यथावत रहेको छ । बायर्नले ८ खेलमा १९ अंक जोडेको छ । ब्रेमन ११ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।

अर्को खेलमा वोल्फ्सबर्गले साल्केलाई २-० ले हराएको छ । होफेनहाइमले स्टुटगार्डसँग ३-३ गोलको बराबरी खेल्दा बोरुसिया मुन्छेनग्लाडबाखले आउग्सबर्गसँग १-१ गोलको बराबरी खेलेको छ ।

यो पनि: हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

यो पनि: बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु