Information is intelligence
HomeSportsमोहमद सलाह कोरोना मुक्त

मोहमद सलाह कोरोना मुक्त

- Advertisement -spot_img

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह कोरोना मुक्त भएका छन् । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले सलाह कोरोना मुक्त भएको पुष्टि गरेका छन् ।

कोरोना मुक्त भएसँगै सलाहले च्याम्पियन्स लिग अन्तर्गत एट्लान्टाविरुद्धको खेल खेल्ने सम्भावना बढेको छ ।

राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका सलाहलाई गत शुक्रबार कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि उनले टोगोविरुद्धको दुई खेल गुमाएका थिए ।

यस्तै उनले प्रिमियर लिगमा लेष्टरसँगको खेल गुमाएका थिए । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टरलाई ३-० ले हराएको थियो ।

यो पनि: चोट बोकेका पिके ६ महिना बढी मैदान बाहिर रहन सक्ने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु