Information is intelligence
HomePoliticsओलीले नेपालीलाई मात्रै होइन विश्वलाई पनि भ्रममा पारेर सत्ता दुरुपयोग गरे: कांग्रेस...

ओलीले नेपालीलाई मात्रै होइन विश्वलाई पनि भ्रममा पारेर सत्ता दुरुपयोग गरे: कांग्रेस युवा नेता खतिवडा

- Advertisement -spot_img

काठमाडौं | नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत सो कुरा भनेका हुन् । उनले लेखेका छन् ,’न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा र ओलीको सती जान तयार छ, यो भ्रमबाट मुक्त हुनुपर्छ । ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छन् । कोही कुनै लालिपपमा नफसौं ।’

अहिले सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै गएको छ ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले देउवालाई सत्ता साझेदारका लागि अनुरोध गरे पछि अहिले नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यसै सन्दर्भमा नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनीसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री अर्जुन नरसिंह केसी लगायतले पनि ओलीको प्रस्तावको लोभमा कांग्रेस फस्न नहुने बताएका थिए ।

यो पनि: बालुवाटारमा देउवासँग लामो भलाकुसारी : के थियो ओलीको प्रस्ताव ?

यो पनि: कांग्रेसको टाउको नगन्न प्रवक्ता शर्माको चेतावनी, ५ वर्ष सरकारमा नजाने स्पष्टोक्ति

यो पनि: अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लगाएका आरोपहरुको सडक र सदनबाट जवाफ मागिने छ: नेता थापा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु