Information is intelligence
HomeInternationalअमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

अमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

- Advertisement -spot_img

अमेरिकी नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले दिएको जानकारी अनुसार डिसेम्बर ११ देखि नै खोप दिने गरी तयारी थालिएको हो । डा. मोन्सेफ स्लाओइले अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनलाई भनेका छन्, ‘खोपले स्वीकृति पाएको २४ घण्टाभित्रै सम्बन्धित क्षेत्रमा पुर्याइने छ ।’

अमेरिकामा महामारीको तेस्रो लहरले तीव्र गति लिएका बेला उनको यस्तो भनाई आएको हो । कोभिड १९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा १ करोड २० लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् । २ लाख ५५ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ। डा. स्लावीले सीएनएनसँग अनुमति पाएको २ दिनमै खोप दिन सकिने बताए । खोप त्यहाँका राज्यहरूको जनसंख्याको आधारमा वितरण गरिने योजना छ । यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन ।बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु