Information is intelligence
HomePoliticsप्रचण्ड भेट्न चिनियाँ राजदूत खुमलटारमा

प्रचण्ड भेट्न चिनियाँ राजदूत खुमलटारमा

- Advertisement -spot_img

काठमाडौं | नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

भेटमा चीनका राष्ट्रपति सी जिनपिङको किताब हस्तान्तरण, चाडबाडको शुभकामना आदान-प्रदान र चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो आयामबारे सामान्य छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउने विषय र नेकपाको सचिवालय बैठकसँग सम्बन्धित कुराकानी भएको खुमलटार स्रोतले जनाएको छ ।

यो पनि: चिनियाँ रक्षा मन्त्री अर्को साता काठमाडौं आउने

राजदूत यान्छीले नेकपाको विवाद बढेसँगै आफ्नो सक्रियता पनि बढाएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेकी छन् ।

यो पनि: ओलीले नेपालीलाई मात्रै होइन विश्वलाई पनि भ्रममा पारेर सत्ता दुरुपयोग गरे: कांग्रेस युवा नेता खतिवडा

यो पनि: नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु