Information is intelligence
HomeEntertainment & Artsविवाहका लागि विनिताकाे लगनगाँठाे सार्वजनिक (भिडियाे सहित)

विवाहका लागि विनिताकाे लगनगाँठाे सार्वजनिक (भिडियाे सहित)

- Advertisement -spot_img

मंसिर महिना विवाहकाे महिना मानिन्छ । अचेल विवाह भन्ने बित्तिकै नाचगान र रमाइलाे माहाेलकाे सिर्जना भइहाल्छ । यही रमाइलाे माैका छाेपेर गीतकार विनिता खनालले नयाँ गीति एल्बम बजारमा ल्याएकी छिन् । लगनगाँठाे नामक गीति एल्बममा विनिताका पाँच गीत समावेश गरिएका छन् । पाँचवटै गीत विवाहका लागि उपयुक्त हुने विनिता बताउँछिन् ।

एल्बममा आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई (जन्ती गीत), दौरा–सुरुवाल चिटिक्कै (रत्यौली गीत), बिदाइ गर्न छोरी तिमीलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) रहेका छन्।

एल्बम आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियाे ।

विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार मेहेन्दी युट्युबमा सार्वजनिक गरिएको छ। रत्यौली, जन्ती, बिदाइ र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक हुनेछन्। विवाहका यी सबै गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन्।

आयो है आयो गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा–सुरुवाल चिटिक्कैमा मीना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान तथा छमछम पाउजुमा निकिता थापा र प्रताप दासले स्वर भरेका छन्। सबै गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलाहा–दुलहीको भूमिकामा छन्। अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ।

गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन्। भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोकी क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् भने दीपेन्द्र तिमल्सिनाले रत्यौली, सुरेन्द्र बसेलले मेहेन्दी र रिसेप्सन तथा सुवोल थापाले जन्ती गीतको भिडियोको कोरियोग्राफी गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु